सल्यानमा बस दुर्घटना, १६ घाइते

सल्यान: सल्यानमा भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन् । रोल्पाको राँकबाट दाङ तुलसीपुरका लागि छुटेको राप्ती समितिको ना ३ ख ८०७७ नंम्वरको बस शुक्रवार दिउसो ३ वजे शारदा नगरपालिका –६, वरलामा दुर्घटनाग्रसस्त भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरुमध्ये ९ जनाको अधिकारी पोलिकिल्निक र ७ जनाको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेमा सल्यान बांझकाडाका छविलाल विक, शानपा –१२, निवासी हिरालाल विक ,सल्यान पिपलनेटा निवासी खुमा केसी, जीवन केसी,मेनुका केसी,छविलाल केसी रहेका छन । यस्तै रोल्पा रांँककी धनमाया वली, रोल्पा पाखापानीका मनिसा बिक, रोल्पा रांककी जस्मीरा सुनार, रतिकला बिक र बिन्दु बिक रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको बस व्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिनुभयो । बसमा ३५ जना यात्रु सवार थिए ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय सितलपाटीबाट गएको प्रहरीको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरेको थियो । दुर्घटनापछि चालक तथा सहचालक फरार रहेको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बस दुर्घटनापछि सडकमै पल्टिएकोले सल्यान–रुकुम सडकखण्ड केही समयका लागि अवरुद्ध भएको थियो ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like