धर्मानन्द भट्ट
गजल
न टाढा हुन सकिने न नजिक सर्न सकिने।
न उँभो चढन सकिन, न उँधो झर्न सकिने।
सम्वेदनाहीन मान्छे र संस्थासंगको संगत,
न चट्ट छोड्न सकिने न काम गर्न सकिने।
तिम्रो बोलीले बल्झिन्छ घाउ दु:ख देख्दैनौ
यस्तो छ कि न निको हुने न कोपर्न सकिने।
जङ्घार तर्ने हिम्मत गरे छोड्छौ भन्ने के था
अब न वारी फिर्न सकिने न पारी तर्न सकिने।
तिम्रो आश्वासनको यस्तो सम्म बनायो मलाई
न जीवन जिउन सकिने न जीवन मर्न सकिने।