कर्णाली पर्यटन उद्दमी समाजको अध्यक्षमा जगबहादुर बुढा चयन ।

नवनिर्वाचित कार्यसमितिको सामुहिक तस्विर

कर्णाली पर्यटन उद्दमी समाजको अध्यक्षमा जग बहादुर बुढा चयन हुनु भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट पर्यटन व्यवसाय गदै आएका पर्यटन ब्यवसाहीहरुको छाता संगठन कर्णाली पर्यटन उद्दमी समाजको तेस्रो बार्षिक साधारण सभाबाट अध्यक्ष पदमा जगबहादुर बुढा चयन हुनु भएको हो ।

बुढाको नेतृत्वमा उपाध्यक्षमा छेवाङ लामा, सचिवमा देबि कृष्ण रोकाया, कोषाध्यक्षमा प्रेम दोर्चीलामा सहसचिवमा प्रेम बहादुर लामा चएन भएका छन् । यस्तै सदस्यहरूमा कोन्छ्योकङिमा र जितेन्द्र झाँक्री चयन भएको कर्णाली समाजले जनाएको छ ।


काठमाडौँको लाजिम्पाट स्थित होटेल नोर्छोकमा सम्पन्न भएको तेस्रो बार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । डोल्पाका गुरु डोल्पो टुल्कु (राना गरिम्पोचे) प्रमुख अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष जङ्ग बहादुर लामाले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै लामाले देशको सिङ्गो अर्थतन्त्रमा योगदान दिने पर्यटन क्षेत्रमा लाग्ने यवसायीहरुलाई बधाई दिदैँ यसको विकास र प्रवर्धन आफ्नो तर्फबाट सक्दो भुमिका खेल्ने बताउनु भएको थियो। कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार मिम बहादुर हमाल र नवनियुक्त सल्लाहकार गुरु राना गरिम्पोचे लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्ष बुढाले अव कर्णाली पर्यटन उद्यमि समाजले कर्णाली प्रदेशको समग्र पर्यटन विकासमा कर्णाली प्रदेश सरकार र कर्णालीका पर्यटन व्यवसायिहरु संग सहकार्य गरेर अगाडी बढ्ने र प्रदेशमा छरिएर रहेका पर्यटन व्यवसायिहरुलाई गोलबन्ध बनाउनु का साथै प्रदेको पर्यटन निति निर्माणमा सहयोग गर्ने बताउनु भयो ।

You May Also Like