बन्द सडक खुले संगै रारामा पर्यटकको चहल पहल सुरु ।।

हिलोमा गाडि धकेल्दै

भारी हिमपातका कारण दुई महिना देखि अबरुद्ध नाग्म – गमगढी सडक सञ्चालनमा आएको छ । मुगु र जुम्लाको सिमानमा पर्ने घुच्ची लेखकको सात मोड, भुलभुलेमा ५ फिट सम्म हिउँ जमेर बन्द भएको सडक शनिबारबाट बाट सञ्चालनमा आएको हो । सडक पुसको अन्तिम साता देखि हिमपातका कारणले बन्द भएको थियो । सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यलय जुम्ला छायाँनाथ रारा नरपालिका, जिल्ला प्रशासन कार्यलय, मुगु उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, शसस्त्र प्रहरीको पहलमा जुम्लाको भुलभुले देखि मुगुको झाडनाउला सम्म डोजर लगाएर हिउँ हटाएपछि शनिबारबाट अबरुद्ध सडक सञ्चालनमा आएको होे । सडक खुलेपछि यातायातका साधान साना गाडी र ट्याक्टर सन्चालनमा आएका छन । दुइ महिना देखि सडक अबरुद्ध हुदाँ निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको र दैनिक उपभोग्य सामानाको अभाभ भएको थियो । ठूला सवारी साधन नियमित सञ्चालनमा ल्याउन अझै केहि दिन लाग्ने छायाँनाथ रारा नगरपालीका अध्यक्ष हरिजंग शाहीले बताए । सडक बन्द हुदाँ नागरीकले पैदल यात्रा गरी जुम्ला सम्म यात्रा गर्न बाध्य भएका थिए ।


बाटो खुले संगै रारामा पर्यटकहरुको चहल पहल पनि बढेको छ । रारा मुर्मा होमस्टेका संचालक रत्नसिंह रोकायाले वताए । वाटो नखुल्दा रारामा पर्यटकहरु सुन्य थिए । अहिलै दैनिक चालिस पचास जना रारा आउने गरेको रोकाया वताउन्छन् । वाटो खुलै संगै रारा टुरको लागी  वुकिंग आउने गरेको रारा पर्यटन विकास समितिका अध्यक्ष तथा रारा एड्भेन्चर प्रा.ली. का संचालक देबिकृष्ण रोकायाले वताए । स्थलमार्ग वाट रारा घुम्न जादा नेपाली भाषको उद्यगम स्थल जिन्जा भ्यालि हुदै जाने पर्यकाले पर्यटकहरुको लागी स्थल मार्ग रोजाईमा परेको छ । पर्यटकहरु स्थलमार्ग बाट जादा वास्तविक कर्णालीको अनुभुति गर्ने गरेको पर्यटन व्यवसायी रोकाया वताउनछन् ।


जोखिमपूर्ण नाग्म गमगढी सडक
गमगढी–नाग्म सडक खण्ड सबैभन्दा जोखिमपूर्ण रहेको छ । नाग्म देखि गोठी जिउला हुदै झ्यारी खोला, ताल्चामैतु, एसमोड, सातमोड, पिनालगायत खण्डमा हिउँद हिउँले बर्षा पानी पर्ने्बित्तिकै हिलो हुन्छ । पहिरोको खतरा पनि उत्तिकै हुने गर्छ । बढी लोड बोकेका सवारी हिलोमा फस्दा निकाल्नै गाह्रो हुने चालक जुम्लाका बिर्ष थापाले बताए । ट्रयाक खुलेको ६ वर्ष बित्दासम्म पनि नाग्म गमगढी सडक कालोपत्रे नहुँदा यो सडक बर्षमा ४ महिना मात्र यातायातका साधन चल्ने र बाँकी महिना सडक बन्द हुने गरेको छ । सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा नागरीकले सास्ती खेप्नु परेको छ । जोखिम पूर्ण सडकका कारण पर्यटकीय गन्तव्य रारा आउने यात्रुले पनि निकै हैरान ब्याहोरी फर्किने गर्दछन । सरकारले नाग्म गमगढि सडक खण्ड चाडै कालेपत्र गरेर स्तर उन्नति गरेमा रारा आउने आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढ्ने थियो । रारा पर्यटन विकास समितिका अध्यक्ष तथा पर्यटन व्यवसायि देबिकृष्ण रोकाया बताउछन् ।

You May Also Like