घुम्न जाउँ है रारा

मुर्मा टपबाट देखिने राराको दृश्य

कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने स्वर्गकी रानीको रुपमा परिचित रारा जाने सिजन सुरु भएको छ । रारा प्राकृतिक रुपमा निर्मित नेपालको सबै भन्दा ठुलो ताल हो । रारा ५ कि.मि. लम्वाई, ३ कि.मि.चौडाई र १६७ मिटर गहिराई रारा १०.८ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको छ । ताल वरिपरी घुम्नलाई करिव ५ घण्टा समय लाग्दछ । विश्वमै कहिकतै नपाईने र विश्वको अग्लो स्थानामा स्नो ट्राउस्ट (असला) जातका माछा पाईने ताल पनि हो । रारा आफैमा अदभुत स्वरुपमा छ । छिनछिनमा रुप र रंग बदल्नु, राराका बिशेषता हुन ।
राराताल लगायत अन्य प्राकृतिक सम्पदाको संरक्षणका लागी २०३२ साल स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज नेपालको सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज भित्र विभिन्न थरिका गुराँस तथा ऋतु अनुसारका फुल्ने सयौ थरिका फुल लगायत बनस्पतिहरु, लोपउन्मुख रेड पान्डा, काँडेभ्याकुर, हिमाली कालो भालु, घोरल,मृग, कस्तुरी, रतुवा, हिम चितुवा, चिर, डाँफे, कालिज, गृष्मयाममा साईवेरिया बाट आउने साईवेरियन चरा पनि पाइने गर्छन । यो निकुञ्जमा डुङ्गा, घोडा सयर र साइकलको माध्यमबाट थप आनन्द लिन सकिन्छ ।

कसरि पुग्ने रारा

काठमाण्डौबाट स्थल मार्ग र हवाई मार्ग बाट रारा पुग्न सकिन्छ । स्थलमार्ग बाट काठमाण्डौं–नेपालगञ्ज–सुर्खेत–दैलेख–कालिकोटको सदरमुकाम मान्मा–नेपालि भाषा उद्यगम स्थल सिन्जा भ्यालि हुदै रारा ताल पुग्न सकिन्छ भने काठमाण्डौ– नेपालगञ्ज नेपाल्गञ्ज बाट हवाई यात्रामा मुगुको ताल्चा विमानस्थलमा पुग्न सकिन्छ ताल्चा मिान स्थल बाट ३ घण्टाको पैदल यात्रा पश्चात रारा पुग्न सकिन्छ । जिपमा गए ताल्चा एअरर्पोट वाट १ घण्टाको पैदल यात्रामा रारा पुगिन्छ । रारा पुग्ने वित्तिकै राराको जुन सुन्दरता छ त्यो सुन्दरता देखेर पर्यटक लठ्ठिने गरेको रारा पर्यटन विकास समितिका कोषाध्यक्ष रत्नसिंह रोकायाले वताए । सहि सुचनाको अभावमा कतिपय रारा आउने पर्यटकहरुले दुख पाएको गुनासो गरेका छन् अव रारा आउनु भन्दा पहिले अहिले गुगलको जोवना भएकाले रारा कसरी जाने, किन जाने, रारा जानु भन्दा पहिले पुर्वतयारी कसरी गर्ने कुनकुन सामान वोकेर जाने त्यहाँको मौसम बाटो कस्तो छ होटल के कति छन् भनेर सुरुमै ट्राभल एजेन्सिहरु संग वुझेर जादा पनि हुन्छ । रारालाई नै प्रथामिकतामा राखेर रारा र पश्चिम नेपालका पर्यटकिए क्षेत्रको वारेमा सहि सुचना जानकारी दिनका लागी रारा एड्भेन्चर प्रा.लि.ले पनि काठमाण्डौको ठमेल, नेपालगञ्ज, सुर्खेत र रारामा अफिस संचालना ल्याएको रारा पर्यटन विकास समितिका अध्यक्ष तथा रारा एडभेन्चर प्रा.ली.का प्रबन्ध निर्देशक देविकृष्ण रोकायाले वताए ।  उहाँले भन्नु भयो नेपालको जुन सुकै ठाउँ बाट रारा जाने भए पनि हामिले पिकअप गछौं गाडिमा जानेको लागी गाडि, जिपमा जानेको लागी जिप र पेलेनमा जानेको लागी पेलेन टिकटको व्यवस्था पनि गरेका छौ र सस्तो दरमा टुर प्याकेज पनि ल्याएका छौ भन्नु भयो । रारामा हिन्न नसक्नेकालागी घोडा पनि तयारी अवस्थामा राखेका छौ रोकायाले वताए ।

कति लाग्छ त बजेट
हवाई मार्ग बाट ३ रात ४ दिनको रारामा खान, बस्न र पेलेन भाडा सहित ३५००० देखि ४२००० हजार सम्म र स्थलमार्ग बाट ६ रात ७ दिनको खान, बस्न क्याम फाएर, स्थानिय गाईड र जिप भाडा गरेर २२५०० देखि २५००० सम्म र गाडिमा १६५०० देखि २०००० खर्च लाग्ने रारा एड्भेन्चर प्रा.ली.का निर्देशक देबिकृष्ण रोकायाले बताउनु भयो ।


रारा तालको किनारामा रहेको फलामे पुलवाट पश्चिम तर्फ खोलाको तिरतिरै १० मिनेटको पैदल यात्रामा रारा मुर्मा होमस्टे पुग्न सकिन्छ । उक्त होमस्टे मुर्माका स्थानियले संचालन गरेका छन् । उक्त होमस्टेमा मुर्मा गाउका स्थानिय द्धारा उत्पादित फापर, जौ, गौ, आलु, सिमी, कोदो, सिस्नु, लोक्कल चामल, लोक्कल कुखुरा, स्याउको रक्सि, स्याउका चाना र मह बाट बनेका विभिन्न परिकार स्वाद लिन पाइने रारा पर्यटन विकास समितिका अध्यक्ष एवं रारा एडभेन्चर प्रा.ली.का प्रबन्ध निर्देशक देबिकृष्ण रोकायाले वताए । उक्त होस्टेमा स्थानिय द्धारा उत्पादित अर्गानिक सामान पनि किन्न पाईन्छ । आन्तरिक तथा वाह्य पर्यटकका लागी रारा घुमाउन रारा एड्भेन्चर प्रा.लि. र लज ब्यवस्थापन समुहबाट रारा ताल र निकुञ्ज क्षेत्रमा घोडचढी, साईकिलिंग, डुंगा सयर र स्थानिय गाईडको ब्यवस्थापन मिलाउदै आईएको रारा पर्यटन विकास समितिका कोषाध्यक्ष तथा होमस्टे व्यवस्थापक व्यवस्थापक रत्न सिंह रोकाया बताउन्छन् । हरेक जसो पर्यटक रारामा पुगी सेल्फि खिचेर फेसवुका फोटो अवलोट गरे पुग्यो भन्ने आउने गरेका छन् वास्तवमा राराको वारेमा विस्तृत जानकारी लिने नगरेको रोकाया वताउन्छन् ।

मुर्मा गाउँ र मुर्मा टप
रारा पुगेपछि पुग्नै पर्ने महत्वपूर्ण पर्यटकिय गन्तव्य मुर्मा टप पनि एक हो । तालको पश्चिम तर्फ रहेको मुर्मा टप पुग्न करिव तालबाट २ घण्टाको पैदल यात्रा गर्नुपर्छ । मुर्माटप पुग्न मुगुको रैथाने परिवेश भएको एकमात्र गाउँ मुर्मा गाउ भएर जानुपर्छ । मुर्मा टप समुद्रि सतह बाट ३७७० मिटर उचाईमा अवस्थित छ । यहा बाट रारा तालको पुरै मनोमहक दृश्यका साथै हुम्ला, बझाङ र हुम्ला जिल्लाको बिचमा पर्ने साईपाल हिमाल, दार्चुलामा पर्ने अपि हिमाल, रुकुममा पर्ने सिस्ने हिमाल, जुम्लामा पर्ने कान्जिरोवा हिमाल, मुगु जिल्लामा पर्ने कोईकि हिमाल, चंखेलि हिमाल छायानाथ, खेस्मामालिका र ऋणमोक्ष दह देख्न सकिन्छ । बाजुरा जिल्लामा अवस्थि बडिमालिका, खप्तड को केहि क्षेत्रकासाथै तिब्बतको केहि भू—भागका दृश्य अवलोकन गर्न सकिन्छ ।

राराको स्याउ

कर्णाली रारा पर्यटन भ्रमण वर्ष कर्णाली प्रदेश सरकारले बैशाख १ गते धमधामका साथ मनाई सकेकोछ । उक्त पर्यटन भ्रमण वर्षको पर्यटक आफै भएको प्रधान मन्त्रि केपि शर्मा वलिले रारा बाट देशवासिको नाममा सम्वोधन गर्दा बताएका थिए । प्रदेश सरकारले यो वर्ष ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । वर्खा लागेपछि कर्णाली राजमार्ग अवरुदध भएको थियो । वर्खायाम सकिएकाले कर्णाली राजमार्ग संचालनमा आएको छ । यतिवेला धर्तिको स्वर्ग रारा घुम्ने सिजन सुरु भएको छ ।

थप जानकारीका लागी
रारा एड्भेन्चर प्रा.ली. Rara Adventure को सम्पर्क नं. 014700410, Mo.9851168993 

रारा मुर्मा होमस्टे नं.98649444587, 9868165120  Email:[email protected]

You May Also Like