जाजरकोटमा अज्ञात समुह द्धारा पसल चोरी

जाजरकोट जिल्ला छेडागाड न पा ०५ मा अज्ञात समूह द्वारा पसलमा चोरी थलह बजारमा सोमबार राति एक अज्ञात समुहले चारवटा पसलमा ताला फोडेर चोरी गरेको स्थानीय शिक्षक जय बहादुर शाहीले जानकारी दिनुभएको छ ।सोमबार राति नै चोरले तेज ब शाही , उपेन्द्र हमाल , नेत्र लाल पोखरेल,र कम्लेस खडकाको पसलको ताला लगाउने कब्रेसो नै काटेर बाकस फोडेर केही नगद चोरी भएको र चोरी गर्ने अज्ञात समूह भने फरार रहेको शाहीले जानकारी गराउनु भएको छ ।बजार नजिक सुरक्षा पोस्ट नहुदा थलहबजारमा पटक पटक चोरी भैरहने समस्या स्थानीय बजार बासीले झेल्नुपरेको शाहीले जानकारी दिनुभएको छ । अज्ञात समुहको प्रहरीले खोजी कार्य गरिरहेको बताएका छन ।

You May Also Like