केटीको विवाहको कुरा छिनोफानो हुँदै गर्दा अर्का युवक आएर किस गरेपछि…

नयाँ दिल्ली : जो कोहीलाई पनि आफूले मन पराएकी युवतीको विवाह अरु कुनैसंग हुने कुराको छिनोफानो हुने कुरा हुँदैछ भने त्यो कुरा हुने हलातमा पनि सहन सकिन्दैन ।

यस्तै हिम्मत देखाएर फिल्मी स्टाइलमा विवाह रद्द गर्न सफल भएका छन् एकजना भारतीय युवा । भारतको बैंग्लोरस्थित दुई परिवारबीच विवाहको कुरा छिनोफानो भइरहको समयमा एकजना युवक अचानक प्रवेश गर्छन् । आफ्नी प्रेमिका अर्थात अर्को युवकसँग विवाह हुन लागिरहको केटीलाई समात्छन् र हिम्मत गरेर किस गर्छन् ।

अब परेन त फसाद । यसरी ती युवकले विवाह हुन लागेकी युवतलाई किस गरेपछि त्यहाँ केटी हेर्न आएका परिवार र केटीका परिवार दुवै अक्क न बक्कमा परेका थिए । 

केटाले आफूले ती युवतलाई मन पराउने र आफूले विवह गर्न चाहको इच्छा जाहेर गरेका थिए । केटीले पनि आफूले ती युवकलाई मन पराउन दावी गरेकी थिइन् । धेरै समयको हल्लाखल्लापछि अन्ततः ती युवतीका परिवारले केटा पक्षलाई डाकेर विवाह गरिदिएका छन् ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

 

You May Also Like