राष्ट्रियसभा निर्वाचनमा यसरी हुनेछ मतदान

काठमाडौं । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान प्रक्रिया केही जटिल भएपछि निर्वाचन आयोगले सम्बन्धित क्षेत्रमै गएर मतदातालाई प्रशिक्षण दिने भएको छ ।

एकल संक्रमणीय र बहुमतीय दुवै प्रणालीबाट पहिलोपटक हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान गर्ने प्रक्रियालाई सहज बनाउन निर्वाचन आयोगले प्रशिक्षण दिन लागेको हो ।

एकल संक्रमणीय र बहुमतीय दुवै प्रक्रियाबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट निर्वाचित हुनेछन् भने दलित र अपांगता तथा अल्पसंख्यक १४ जना बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले माघ १४ देखि १८ गतेसम्म राष्ट्रियसभाका मतदातालाई मतदान गर्ने तरिका’bout सम्बन्धित क्षेत्रमै गएर प्रशिक्षण दिँदैछ ।

आयोगले यसअघि दुईपटक दलहरुलाई राष्ट्रियसभा निर्वाचनको मतदान र मतगणना’bout जानकारी गराइसकेको छ ।

तर, जनताबाट प्रत्यक्ष मतदान भएर चुनिएका प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख भने निर्वाचनको मितिबाहेक अन्य प्रक्रिया र मतदान गर्ने तरिका’bout अझै अनभिज्ञ छन् ।

राष्ट्रियसभाको निर्वाचनमा भाग लिने दलहरुले पनि मतदातालाई प्रशिक्षित गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले एकल संक्रमणीयबाट निर्वाचित गराउनुपर्ने उम्मेदवारलाई प्राथमिकताका आधारमा मत संकेत गर्नुपर्ने बताए ।

एकल संक्रमणीय प्रणालीभन्दा बहुमतीय प्रणाली केही सजिलो छ । प्रवक्ता ढकाल बहुमतीय प्रणालीबाट निर्वाचित गर्नुपर्ने उम्मेदवारलाई चुनाव चिह्नसँगै रहेको कोठामा मत संकेत गर्नुपर्ने बताउँछन् ।

आयोगले प्रदेश मतदाताका लागि हरियो र स्थानीय तहका मतदाताका लागि रातो रङको मतपत्रको व्यवस्था गरेको छ ।

एक मतदातालाई महिला, अन्य सदस्य, दलित र अपांगता एवं अल्पसंख्यकका छुट्टाछुट्टै गरी क्रमैसँग चार मतपत्र दिइनेछ । तर, मतदान गर्दा ध्यान दिइएन भने मतपत्र बदर हुने सम्भावना पनि उत्तिकै रहेको प्रवक्ता ढकालले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५०६ र ५५० प्रदेश सांसद गरी जम्मा २ हजार ५६ जना मतदाता छन् ।

५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८र८ जनाका दरले ५६ जना र तीनजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like