एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल विजयी भएको छ । कोपा डेल रे फुटबलको आफ्नो खेलमा रियल मड्रिडले लेगानेजलाई १ शून्य गोलअन्तरले पराजित गरेको हो ।
पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा हराएको हो ।
खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा निर्णायक गोल गरे ।
जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए ।
रियालको खराब समय सकिएको जिकीर उनको छ । रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।
क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्केलो र करिम बेन्जीमा जस्ता स्टार खेलाडी विना मैदानमा उत्रिएको रियल मड्रिडलाई जितको लागि भने निकै संघर्ष गर्नुपरेको थियो ।
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ