बाँके: नेपालगञ्ज नाका भएर भारतको दिल्ली हुँदै खाडी मुलुक लागिएका ६ जना महिलाको मंगलबार उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय जमूनाह र माइती नेपाल नेपालगञ्जको टोलीले नेपालगञ्जको जमूनाह नाकाबाट उनीहरुलाई उद्धार गरेको हो ।
बारा, सिन्धुपाल्चोक, सर्लाही, धादिङलगायतका जिल्लाका ग्रामिण भेगबाट महिलालाई वैदेशिक रोजगारको लागि कुवेत, दुबैमा पठाइदिने भन्दै काठमाडौंबाट नेपालगञ्ज हुँदै भारततर्फ लैजादै गरेको अवस्थामा महिलाको प्रहरी र माइती नेपालको टोलीले उद्धार गरेको हो ।
महिलालाई भारततर्फ लैजाने कार्यमा संलग्न सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१, का सुर्जे तामाङलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ