काठमाडौं –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकताको प्रक्रिया छिट्टै सुरु हुने बताउनुभएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालका पदाधिकारीसँगको भेटमा उहाँले पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेकाले अब छिट्टै एकताको बाँकी काम अघि बढ्ने बताउनुभएको हो ।
वाम तालमेलबाट चुनावमा सोचेजस्तै परिणाम आएको उल्लेख गर्दे उहाँले एमाले र माओवादी मिलेर नयाँ पुस्तालाई राजनीतिक स्थिरता, विकास र नयाँ नेपाल दिने उहाँले दावी गर्नुभयो । युवालाई नयाँ खाकासहितको नेपाल सुम्पन आफूहरु आतुर रहेको प्रचण्डको भनाई थियो ।
साभारः