यी हुन पार्टीको ह्विप नमान्ने कांग्रेस सांसद, कारवाहीको चेतावनी

संविधान संशोधन प्रस्तावमाथिको मतदानमा नेपाली कांगेसका ३ जना सांसद अनुपस्थित भएको पाइएको छ । कांग्रेसका कविताकुमारी सरदार, गिता वाग्ले र कल्पना सोव अनुपस्थित भएका हुन् ।
पार्टीको ह्विप विपरित उनीहरु मतदानमा अनुपस्थिति भएकाले कारवाही गरिने नेपाली कांग्रेसका सचेतक चीनकाजी श्रेष्ठले बताउनुभयो । कविता कुमारी सरदार पार्टी तथा परिवारको सम्पर्कमा नै नरहेको नेपाली कांग्रेसले जनाएको छ ।
यस्तै गिता वाग्ले उपचारका लागि अष्ट्रेलियमा गएको र कल्पना सोव जिल्लामा गएका कारण मतदानमा अनुपस्थित भएका हुन् । तर उनीहरुलाई पार्टीलाई कुनै जानकारी नगराएकाले कारवाही गरिने श्रेष्ठले दोहो¥याउनुभयो ।
संशोधनमा मतदान गर्न कमला थापा नेतृत्वको राप्रपाका १९ जना सांसद उपस्थित भए पनि उनीहरुले विपक्षीमा मतदान गरे । राप्रपाबाट फुटेर  पशुपति शमशेर राणाको पक्षमा लागेका १८ जना सांसद भने बैठकमा उपस्थित नै भएनन् । यस्तै परिवार दलका २ सांसद पनि मतदानमा उपस्थित भएनन् ।
संशोधनको विपक्षमा आवाज उठाउँदै आएको नेकपा एमालेका सांसद बैठकमा उपस्थित भए पनि मतदान प्रक्रियामा सहभागी भएनन् । संशोधनको पक्षमा ३ सय ९५ मत चाहिने भए पनि ३ सय ४७ मत मात्र परेको थियो । यस्तै विपक्षमा २ सय ६ मत परेको थियो । जसका कारण संविधान संशोधन प्रस्ताव पारित हुन सकेन ।

You May Also Like