नेकपा (माओवादी केन्द्र) दार्चुला र बैतडी-काठमाडौ सम्पर्क समितिले आयोजना गर्यो भव्य कार्यक्रम

नेकपा माओवादी केन्द्रको दार्चुला, बैतडी काठमाडौं पालिका/नगर सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न भएको छ।

माओवादी केन्द्रको देशैभर वडा सम्मेलन भइरहेका बेला काठमाडौंमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट प्रमुख अतिथि रहेका थिए । साथै, कार्यक्रममा केन्द्रीय सदस्य रेणु चन्द, प्रदेश कमेटी पदमराज जोशी, गोकर्ण भट्ट, सुदूर सम्पर्क समन्वय समितिका संयोजक मोहन देव विष्ट (विकाश), केन्द्रीय सम्पर्क समन्वय समितिका सदस्य अम्बादत्त भट्टलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमले दार्चुलाका आठ पालिका, बैतडीका सात पालिका अछामका पालिका सम्पर्क समन्वय समितिसमेत गठन गरेको छ ।

कार्यक्रममा प्रदेश इन्चार्ज भट्टले माओवादी केन्द्र रक्त स्नान गरेर जन्मिएको पार्टी भएकाले यसले सबै जातजाति र वर्गको समान सहभागिता हुनु जरुरी रहेको बताए । कार्यक्रममा अर्का अथिति रेणु चन्दले पार्टीभित्र महिला सहभागिता बढाउनुपर्नेमा जोड दिइन् ।

त्यस्तै, सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै आठ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन । साथै, वडा सम्मेलनमा मिर्गौला पीडित दुईजनालाई आर्थिक सहयोग पनि हस्तान्तरण गरिएको छ । कार्यक्रम बैतडीका सम्पर्क समन्वय समितिका अध्यक्ष तारादत भट्ट र दार्चुलाका जिल्ला सम्पर्क समन्वय अध्यक्ष ज्ञानदेव भट्टको सयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो ।

You May Also Like