गजल शारदा चौलागाई चन्द्रा


फुलेको फूल झैं हो जीवन बास्ना छर्न सकु।
जस्तो कठोर मनलाई पनि प्रेम गर्न सकूँ।।

एउटा सिंगो विश्वमाझ अस्तित्व बनाएर
जस्तो कठिन परिस्थिति आए पनि तर्न सकु।

विश्वास न हो आफ्नोपन दिलाउने आधार
विश्वासले नै तिम्रो खुशीको घडा भर्न सकु।

रोजे जस्तै नभए नि सोचे जस्तो बनाउनु छ
आफ्नो भाग्य आफैले गोडमेल गरेर चर्न सकु।।

न दिएर रित्तिन्छ माया, न मागेर पाइन्छ
तिमी नै सुरु तिमी नै अन्तिम यसैमा मर्न सकु।
शारदा चौलागाई चन्द्रा, काठमाडौं

You May Also Like