वार्ड भेलामा विभिन्न पार्टी परित्याग गरि १२ जनाले एकीकृत समाजवादी प्रवेश गरे

मिति २०७८ साल भदौ २५ गते मेलाैली, बैतडी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मलौली नगरपालिका ९ नम्बर वडा भेलाले हरिदत्त भट्टको अध्यक्षतामा २९ सदस्य वार्ड कमिटी गठन गरेको छ । केही दिन अघि मात्र निर्वाचन आयोगबाट मान्यता पाएको एकीकृत समाजवादी पार्टीले शुक्रवार मलौली नगरपालिकाको ९ मा कमिटी गठन गरेको हो ।

नेकपा एकीकृत समाजवादीको भेलाबाट भट्ट को अध्यक्षतामा २९ सदस्य कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पदमराम लुहार, सचिवमा लक्ष्मी चन्द शर्मा उपसचिवमा जानकी पन्त भट्ट लगायत २९ सदस्य वडा कमिटी चयन भएको नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी उपसचिव गौरी शङ्कर भट्टले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य लक्ष्मण भट्टको प्रमुख आथित्यता तथा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटीका उपसचिव गौरीशङ्कर भट्टको विशिष्ट आथित्यतामा सम्पन्न वार्ड भेलामा जिल्ला कमिटी सदस्य भीम भट्ट,शिवराज भट्ट,नेकपा समाजबादीका नेताहरूको सहभागिता रहेको थियो ।नेकपा एकीकृत समाज बादी ले बैतडी जिल्ला भरिनै अब कमिटी गठन गर्ने नेकपा एकीकृत समाज बादी का उप सचीव गौरीशङ्कर भट्टको भनाइ छ । भेलामा काग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि मेलाैलिका १२ जनाले एकीकृत समाजवादि प्रवेश गरेकाे उपसचिव भट्टले वताए।

You May Also Like