काठमाडौंकाे बागबजारमा खाद्य बैंक अभियान सञ्चालन

काठमाडौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लामाे समय लकडाउन, निषेधाज्ञा गरे पछि यति बेला विशेष गरी अशक्त, एकल महिला, श्रमिक र अध्यनकाे लागी काठमाडौमा भाडामा बस्दै आएका विद्यार्थीहरु मारमा परेका छन् । कतिपय ठाउँमा सर्वसाधारण नागरिक भोक-भोकै बसेका समाचार त कतिपय ठाउँमा एक छाक खान नपाएर मर्न समेत थालेका समाचारहरु अाउन थालेका छन् ।

भोक-भोकै बसेका नागरीकलाई काठमाडौ महानगरपालिकाले समेत अहिले पर्याप्त राहत वितरण गर्न सकेको छैन । सरकारी स्तरबाट पर्याप्त राहत वितरण गर्न नसक्दा दैनिक ज्याला गरेर खाने श्रमिक वर्ग देखि विपन्न, असहाय, एकल महिला, वृद्धहरु र भाडामा बसेका विद्यार्थीहरु समस्यामा परेका छन् ।

यस्ता नागरीकहरुलाई मध्यनजर गर्दै काठमाडौंकाे बागबजारमा (Food Bank) खाद्य बैंक अभियान सञ्चालन गरेका छन् । उक्त अभियान सञ्चालन अनेरास्ववियूका नेता भुमिराज अधिकारी, कृष्ण प्रसाद रिजाल, दिपा जैशि, पुजा कडेल(खुशी) र शासन सापकाेटा लगाएतले गरेका हुन् ।

खाद्य बैंक (food Bank) अभियानद्वारा “हुनेले दिएर जाअाैं, नहुनेले लिएर जाअाैं ।” भन्ने अभियान सहित राहत बितरण कार्यक्रम शुरु भएकाे छ । असहाय, बालबालिका, बृद्ध, अशक्त श्रमिकहरुलाई राहत बितरण गर्ने अभियानता कृष्ण प्रसाद रिजालले बताए ।

You May Also Like