शरणार्थी प्रकरण : ओलीले प्रचण्डलाई दिए चारजनाको नाम

काठमाडौं । पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा परेको छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले । यसै विषयलाई केन्द्रमा राखेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटिसकेका छन् ।

एमाले–माओवादी गठजोड टुटेदेखि चिसो सम्बन्धमा रहेका दुई नेताबीच लामो ग्यापपछि गत बिहीबार सिंहदरबारमा वान टु वान भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा कुराकानी नटुंगिएकाले प्रचण्डको बोलावटमा ओली हिजो फेरि सिंहदरबारमा छिरेका थिए । भेटवार्तामा भएको कुराकानीका विषयमा दुवै नेताहरुले खुलेर बताएका छैनन् ।

प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेटघाट नौलो कुरा होइन । तर, अहिलेको ‘टाइमिङ’ का कारण विभिन्न अड्कलवाजीहरु भइरहेका छन् । उच्चपदस्थ र जिम्मेवार नेताहरु नै मुछिन थालेपछि कतै उनीहरुलाई जोगाउनका लागि दुई नेताबीच ‘सेटिङ’ हुन लागेको त होइन भन्ने प्रश्न जनमानसमा उठिरहेको छ ।

एमाले स्रोतका अनुसार प्रधानमन्त्री र अध्यक्षको भेट शरणार्थी प्रकरणका विषयमा मात्रै केन्द्रित थिएन । संसदमा विचाराधीन सत्यनिरुपण र संवैधानिक परिषदसम्वन्धी दुई विधेयक’bout नेताद्वयबीच मन्थन भएको थियो । यस्तै कोही प्रदेशको नामाकरणलाई लिएर उत्पन्न गरिएको अराजकतालाई लिएर ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो प्रदेशका विभिन्न स्थानमा आफूमाथि आक्रमण प्रयास हुँदा सुरक्षा निकाय संवेदनशील नदेखिएको गुनासो उनले गरेको स्रोतले बतायो ।

नक्कली नागरिकताको पेचिलो प्रकरणमा पनि नेताद्वयबीच छलफल भएको थियो । एमाले अध्यक्ष ओलीले निष्पक्ष अनुसन्धान भइहरेकोमा आशंका व्यक्त गरेका थिए । पक्राउ परेका सानु भण्डारीको बयान रोकेर उनले नाम लिएका व्यक्तिहरुलाई जोगाउन प्रयास भएको ओलीको दाबी थियो ।

भण्डारीले बालकृष्ण खाँड, उनकी पत्नी मञ्जु, रामहरी खतिवडा र दिपेश पुन ९पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको छोरा० को समेत नाम लिएको जानकारी आफूलाई प्रहरी र सरकारी वकिलबाट आएको प्रचण्डलाई सुनाएका थिए ।

त्यसपछि प्रचण्डले यी चारै जनाको संलग्नातका सम्वन्धमा विस्तृत जानकारी लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोटमै पठाउने बताएको बुझिएको छ । ओली र श्रेष्ठको भेटका लागि हिजो बेलुका साढे ६ बजेको समयसमेत तय भएको थियो । तर, भेट भएरनभएको ’bout स्रोतले अनभिज्ञता दर्शायो ।

यसैबीच, ओलीले हिजो पार्टीका महासचिव र दुई उपमहासचिवसँग छलफल गरेका छन् । आगामी २९ गते सुरु हुने पार्टी केन्द्रीय समिति वैठकको गृहकार्यका लागि आफ्नै निवास बालकोटमा उनले सो अनौपचारिक वैठक डाकेका थिए । वैठकमा शरणार्थी प्रकरणका विषयमा पनि विमर्श भएको थियो ।

महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितको छलफलमा ओलीले वैठकमा राज्यले गर्ने कुनै पनि कानूसम्मत अनुसन्धानमा पार्टीको पूर्ण सहयोग गर्ने निस्कर्ष निकालिएको थियो ।

तर, दिँदादिँदैको बयान रोकेर फरक बयानमा हस्ताक्षर गराएको सम्वन्धमा यथार्थ बाहिर आउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । साथै, पार्टी सचिव रायमाझीले चाँडो प्रहरीको सम्पर्कमा आएर राज्यको अनुसन्धानलाई सघाउनुपर्ने निस्कर्ष पनि निकालिएको छ ।

You May Also Like