काेभिड-19 विश्वमा पहिलाे महामारी हैन, इतिहास पल्टाएर हेर्दा धेरै पटक महामारी आएकाे छ : निर्माला सिवाकोटी

निर्माला सिवाकोटी “धरान”

२०७७ श्रावण २४
काेभिड-19 (COVID -19) विश्वमा पहिलाे महामारी भने हैन, इतिहास पल्टाएर हेर्दा धेरै पटक महामारी आएको छ । महामारी फैलिदा कतै वंश न‌ै विनास भएका छन भने कतिपय अपांग भएका छन । कतिपय राष्ट्रहरूमा माैसम उतारचढाव आउदा धेरै जनधनकाे विनास भएकाे यथार्थ नै छ ।

१४ औं  सताब्दिकाे पाँचाै छैटाै दशकमा ‘प्लेग’ काे महामारी फैलिएकाे थियाे । यसका कारण (यूराेप) मा एक तिहाइ जनसंख्या मृत्युको मुखमा पुग्याे । १५ औं शताब्दीको अन्त्यमा दादुरा, मलेरिया, प्लेग, रूघाखाेकी र टाइफाइड लगायतका राेगले कराेडाैं मानिसहरुले ज्यान गुमाउनु पर्याे । यसको परिणाम विश्वले नै वेहाेर्नु पर्याे । सन १८०१ मा जन्डिस (एक्लाे फिभर) याे ज्वराेबाट पनि धेरैले ज्यान गुमाउनु पर्यो ।

सन १८८८ देखि सन १८९७ काे बीचमा राइन्डर पेष्ट नामकाे एक भाईरसले अफ्रिकामा लगभग ९० प्रतिशत घर पालुवा जनवारकाे विनास भयाे । यसलाई जनावरमा हुने एक ‘ब्लेग’ नामाकरण दियाे । जनावरको विनासले त्यहाँको समाज तहस नहस बनायाे । समाजमा भाेकमारी फैलियाे ।

चिनको बुहान सहर बाट फैलिएको काेभिड-19 अहिले विश्वलाई हल्लाउने एउटा आत्मा घाति राेग संसारलाई नै त्रासित बनाएर फैलिरहेकाे छ । यसले सबै मुलुकहरूलाई हल्लाएर राखेकाे छ । हामीले आत्ति हाल्नु पर्ने पनि छैन, हामी आफै सजकता अपनाउने हाे भने यसबाट सजिलै मुक्ति पाउछाैं । हामीले काेभिड-19 (COVID -19) भन्दा पनि भयङ्कर राेग पचाई सकेका छाै । हामी भिडभाड बाट बच्नु पर्छ, मानिसकाे भिडमा नजाने, माक्स प्रयाेग गर्ने, युनिटि पावर बढाउने खानेकुराको दैनिक सेवन गर्ने । माक्स प्रयाेग गर्ने ताताे पानी सेवन गर्ने हाे भने याे महामारीबाट बच्न सक्छाै । 

You May Also Like