नेपालले जित्यो एसीसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि

एजेन्सी । एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपमा नेपालले उपाधि रक्षा गरेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले मलेसियालाई फाइनलमा ५९ रनले हरायो । नेपालले टस जितेर ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाउदै एक सय ४० रन बनायो ।

२० रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रनमा तीन विकेट झार्न पुग्यो । सुशान्त थापा ५ रनमा आउट भए भने आशिष भट्टराई दुई तथा दीपक बोहोरा २३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान विशाल विक्रम केसी १७ रनमा आउट भएपछि नेपालले ६८ रनमा चार विकेट खेर फाल्यो ।

पाँचौ विकेटका लागि रोहन दुधराज विक र प्रशान्त महतले नेपालका पारीलाई सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन् । रोहन नौ रनमा आउट भए । त्यसपछि विशालकुमार पटेल दुई रनमा आउट भए भने प्रशान्त महत ४० रनमा पेभेलियन फर्किएपछि नेपालले एक सय ६ रनमा सात विकेट गुमायो ।

त्यसपछि नेपालको स्कोर एक सय २२ रन हुँदा आठौं विकेट झर्‍यो । क्रिस कार्की नौ रनमा आउट भए भने निखिल कुमार सिंह १३ रनमा पेभेलियन फर्किए । जसका कारण नेपालले एक सय ३१ मा नौ विकेट खेर फाल्यो । अन्ततस् नेपालले एक सय ४१ रनको लक्ष्य दियो ।

जवाफमा मलेसिया ३४ ओभर ५ बलमा ८१ रनमा रोकियो । उसका तीन खेलाडीलेमात्र दोहोरो अंक छुन सके । मलेसियाले नौ रनमा पहिलो विकेट गुमायो । उसका किशन कुमार खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि २२ रन हुँदा सिद्धार्थ कार्तिक चार रनमा पेभेलियन फर्किए । त्यसका लगत्तै अर्का खेलाडी वान मुहम्मद अजाम पनि १६ रनमा पेभेलियन फर्किएपछि नेपालले तेस्रो विकेट लिन सफल भयो ।

नेपाल बलरसामु निरिह देखिएको मलेसियाको स्कोर ३४ रन हुँदा लोकमन नुर साहर ५ रनमा आउट भए । त्यसको लगत्तै वान अहमद पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा नेपालले पाँचौ सफलता हात पार्‍यो ।

समूह चरणमा पनि नेपालसँग नै पराजित भएको मलेसियाको स्कोर ४१ रन हुँदा ६ विकेट झर्‍यो । उसका अहमद अकिल अलिफ तीन रनमा आउट भए । त्यसको लगत्तै ४२ रन हुँदा सर्भिन आठ रनमा पेभेलियन फर्किए ।

आठौं विकेटका लागि मुहम्मद हाजिक र जितेन्द्र मुर्लेले २८ रनको साझेदारी गरेका थिए । तर हाजिक १८ रनमा आउट भएपछि नेपालले आठौं विकेट लियो । बलिङमा नेपालका विशालकुमार पटेलले चार विकेट हात पारे ।

You May Also Like