कर्णाली नदीमा एकैसाथ १ सय ११ र्याफ्टीङ्ग संचालन गरिने ।

 

नेपालको सबै भन्दा लामो नदी कर्णालीमा कर्णाली र्याफ्टीङ्ग ज्याम्वोरी २०७५ (Karnali Rafting Jambori-2019) आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति कैलालीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । “हाम्रो नेपाल, हाम्रो कर्णाली, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो पर्यटन सबैलाई स्वागतम्” भन्ने मुल नाराका साथ यहि फागुन २५ गतेदेखि शुरु हुने र्याफ्टीङ्ग ज्याम्वोरीको प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन गर्ने जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहादुर थापाले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेश सहित कर्णाली प्रदेश र ५ नम्बर प्रदेशको पर्यटन विकासको माध्यमले स्थानीय समुदायलाई लाभान्वित गराउने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको बताए । उनले भने “ कर्णाली नदीमा ¥याफ्टीङ्गको राम्रो सम्भावना छ तर यसको प्रवद्र्धन खासै हुन सकेको छैन । त्यसैले यहाको पर्यटन क्षेत्रको उजागर गर्न हामीले यस कार्यक्रमको आयोजना गरेका हौ ।”

नेपाल विश्व समुदायमा प्राकृतिक विविधता, बहु सांस्कृतिक, भौगोलिक वातावरण एवं सौन्दर्यता नै भएकोले यसको प्रवद्र्धन गर्नु सबैको दायित्व भएको उनले बताए । कर्णाली र्याफ्टीङ्ग ज्याम्वोरी २०७५ (Karnali Rafting Jambori-2019) मा र्याफ्टीङ्गमा एकै पटक १११ वटा भन्दा बढी र्याफ्टीङ्ग मानिसहरुलाई सवार गराई वल्र्ड रेकर्ड अफ गिनिज बुक ( World Record of Ginies Book) मा रेकर्ड राख्ने गरी तयारी भएको समेत थापाले बताए । उनले सगरमाथा र गौतम बुद्धको नामले चिनिने नेपाललाई र्याफ्टीङ्गको नामबाट समेत परिचित गराउनु पर्नेमा जोड दिए । उनले कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि आवश्यक तयारी भइरहेको समेत जानकारी दिए । यसले आन्तरिक र वाह्य पर्यटक भित्र्याइ समग्र देशको पर्यटन प्रवद्र्धनमा सघाउने आयोजकको अपेक्षा रहेको छ ।

२०७५ साललाई कैलाली भ्रमण वर्ष मनाइरहेको जिल्ला समन्वय समितिले चिसापानीमा र्याफ्टीङ्ग, डल्फीन महोत्सव, विभिन्न गाउँपालिका, नगरपालिकाहरुमा विभिन्न कार्यक्रमहरु समेत गरेको थियो । भ्रमण वर्षको अन्त्य तिर भ्रमण वर्षको समापनको साथै ऐतिहासिक र पर्यटन विकासमा दिगो फाइदा हुने खालको कार्यक्रम गरी समापन गर्ने उद्देश्यले कर्णाली नदीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ सोल्टाबाट चिसापानी सम्म करिव २५ किलो मिटर लामो दुरीमा वृहत र्याफ्टीङ्ग महोत्सवको आयोजना गर्न लागिएको हो । यो कार्यक्रम कम्तीमा पाँच दिन सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

 

You May Also Like