मुगुका SEE उत्तिर्ण विद्यार्थिहरुलाई काठमाण्डौं स्वागत


नेपाल विद्यार्थि संघ मुगु काठमाण्डौं सम्पर्क मञ्चले काठमाण्डौंको पद्यमकन्या क्याम्पसमा मुगु जिल्लाबाट SEE परिक्षा उत्तिण भई काठमाण्डौं आएका विद्याथिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा नेपाल विद्यार्थि संघका केन्द्रिय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्प कुमार शाही, संजय यादव, सह महाँमन्त्री प्रेम जैशी, केन्द्रिय सदस्य गिता गुरुङ, प्रेम शाही, पूर्ण शाही, अर्जुन महतरा लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गदै मुगु देखि उच्च शिक्षा हाँसिल गर्न काठमाण्डौ आएका विद्यार्थिहरुलाई नेपाल विद्यार्थि संग आवश्यक सहयोग गर्न तत्पर रहेको र विद्यार्थिहरुमा पनि पढाई संगै राजनितिक चेतना आउनु पर्ने वताउनु भयो । ने.वि.संघ  उपाध्यक्ष पुष्प शाहीले विद्यार्थिहरुले उच्च मनोवलका साथ आफ्नो गन्तव्यमा लागे लक्ष्य भेटाउन गाहो नपर्ने वताईन ।

विद्यार्थि ने.वि.संघ मुगु काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति जगमाया रावलले मुगुबाट काठमाण्डौंमा उच्च शिक्षा हासिल गर्न आउनु भएकोमा स्वागत गर्नुु भयो । अव तपाईहरु जुन सपना वोकेर राजधानि आउनु भएको छ ति सपना साकार पारेर मात्र गाउँ फर्किनु होला तपाई काठमाण्डौंमा एग्लै भएको महसुुस नगर्नु होस हामि छौ तपाईहरुको साथमा हामिलाई भन्नुहोस केहि समस्या परे ति समस्या मेरा पनि हुन हरेक समय तपाई हरुको साथमा रहेर सहयोग गर्नेे ।ं कार्यक्रममा करिव मुगुका १०० जना विद्यार्थिहरुको सहभागीता रहेको थियो ।

You May Also Like