भरतपुरमा रेनु दाहाललाई जिताउनु पर्छ : प्रधानमन्त्री देउवा


चितवान, २२ वैशाख ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु पर्ने बताएका छन् । चितवानमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम काँग्रेसले गर्न नहुने बताएका छन् ।

भरतपुर महानगरको मेयरका रूपमा रेनुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेनुले हारे चितवनका जनता रिसाउने बताए ।

सभालाई सम्बोधन गर्दै उनले भने, ‘रेनुलाई जिताउनु काँग्रेसको कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने काँग्रेसपनि सकिन्छ ।

You May Also Like