मेक्सिकोमा सातजना फुटबलप्रेमीको हत्या

मेक्सिको । मेक्सिकोमा फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ । अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो ।

समाचारः प्रदेश ६ को पहिलो बैठक माघ २१ मा
                      
हुम्लाः नुन लिन दुई साता पैदल

टोपी लगाएका कम्तीमा चार जना बन्दुकधारी फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए । फुटबल हेरिरहेका २० जनालाई उनीहरुले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् ।

पछिल्ला वर्षहरुमा मेक्सिको सिटीमाजस्तै मोन्टेरियामा पनि लागुऔषधजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेको पाइएको छ ।

सन् २००६ मा सरकारले लागुऔषध विरुद्धको विवादास्पद सैन्य कारबाही चलाएको थियो । तर पनि यहाँ हिंसाको अन्त्य हुन सकेको छैन ।

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 
 

You May Also Like