फेसबुकले अब विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने

एजेन्सीः सामाजिक सञ्जाल फेसबुकले अब विश्वसनीय समाचारलाई मात्र प्रवर्द्धन गर्ने भएको छ । जसले गर्दा झुठा समाचार र प्रोपागाण्डा फैलाउने सामग्री नियन्त्रण हुने फेसबुकले जनाएको छ । 

फेसबुकका संस्थापक मार्क जुकरबर्गका अनुसार अब जुन समाचारमा समुदायको विश्वास बढी छ त्यही र्‍याङ्किङका आधारमा समाचार प्रवर्द्धन हुनेछ । जसले गर्दा विश्वसनीय समाचारमात्र धेरै फेसबुक प्रयोगकर्ताको न्यूज फिडमा देखिनेछ । 

जुकरवर्गका अनुसार यो प्रयोगको परिक्षण अमेरिकामा गरिनेछ र त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु हुनेछ । यो प्रयोग पछि जानकनरीमूलक, पठनयोग्य र सान्दर्भिक समाचारमात्र फेसबुकको न्यूज फिडमा देखिने फेसबुकले जनाएको छ ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like