यी हुन एकताको विपक्षमा रहेका एमालेका ११ र माओवादीका ७ चर्चित नेताहरु (नामावली सहित )

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनेर गठबन्धनमा जोडिएका दुई दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले पार्टी एकता गर्ने कि नगर्ने भन्ने दोधारमा पुगेका छन् । एमालेका शीर्ष नेताहरु पहिलेको सहमती अनुसार पार्टी नेतृत्व माओवादीलाई दिन आनाकानी गर्न थालेपछि माओवादी केन्द्रले पनि अहिले सरकार र पार्टी एकता सँगसँगै भन्ने प्रस्ताव गरेको छ ।

सोमबारको माओवादी बैठकले पनि एमालेप्रति अविश्वासको भाव व्यक्त गर्दै पार्टी एकता र सरकार गठन सँगसँगै भनेपछि एमाले र माओवादीबीचको पार्टी एकता प्रक्रिया माथि समेत कालोबादल मडारिएको हो । नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी माओवादीको सोमबारको बैठकको सार भनेको नै एमालेले पार्टी नेतृत्व आफूलाई नदिने भयो भन्नेखालको देखिएको बताउँछन् । उनी सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने माओवादी निर्णय एमालेले नै पार्टी अध्यक्ष पनि पड्काउने भयो भन्ने सोचाई माओवादीको देखिएको बताउँछन् ।

आईतबार दुई पार्टीहरुले आफूहरु सँगसँगै रहेको देखाउन संयुक्त पत्रकार सम्मेलन त गरे तर पत्रकार सम्मेलनपछि सोमबार बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा  पार्टी एकताको विषयलाई लिएर प्रभावशाली नेता कृष्णबहादुर महरालले  ‘नोट अफ डिसेन्ट’ जाहेर गरेका छन् । उनले ‘एमालेसँग चुनावी तालमेल मात्र भएको भन्दै पार्टी एकता जटिल रहेको’ बताएको महराको भनाइ उद्द्दृत गर्दै एक नेताले बताए ।

त्यसो त पार्टी एकताको विपक्षमा रहने नेताहरु यी दुई पार्टीमा खुलेरै लागेका छन् । एमालेका दुई पोलिटब्यूरो सदस्य र एक जना केन्द्रीय कमिटी सदस्य सहित ११ जना केन्द्रीय तहका नेताहरु पार्टी एकताको विपक्षमा देखिएका छन् । जसमा पोलिट्ब्यूरोहरुमा चौधरी र बेदुराम भुषाल, केन्द्रीय सदस्य डा विजय पौडेल लगायत छन् । त्यस्तै, माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा र वर्षमान पुन, मात्रिका यादव सहितका ७ जना केन्द्रीय तहका नेताहरु पनि पार्टी एकताको विपक्षमा रहेका छन् ।

उनीहरु भने खुलेर विपक्षमा रहेका नेताहरु हुन् । यी बाहेक पनि धेरै नेता तथा कार्यकर्ताहरुले पार्टी एकताको विपक्षमा वकालत गर्न डराईरहेको अवस्था पनि देखिन्छ । यस्तो अवस्थामा पार्टी एकताको पक्षमा रहेका नेता कार्यकर्ताहरुमा भने पार्टी एकता नहुने त्रास सिर्जना भएको छ ।

साभारः hamrakura

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like