बालकको डुबेर मृत्यु

खोटाङ: खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङमा १८ महिने बालकको पोखरीमा डुबेर ज्यान गएको छ । खेल्नेक्रममा घरछेउमा रहेको माछा पोखरीमा डुब्दा सोमबार बिहान बालक युकेश राईको ज्यान गएको हो ।

आमा बिरामी परेर सुतिरहेको र हजुरआमाले हेरिरहेको बालकलाई हजुरआमाले आमासँग छाडेर गाईवस्तुलाई घाँस दिन गएर घर आउदा बच्चा नभेटिएपछि खोज्नेक्रममा माछा पोखरीमा डुबिरहेको अवस्थामा फेला परेको स्थानीय बासिन्दा भगेश्वर राईले बताउनुभयो । घटनाका ’boutमा थप अनुसन्धानका लागि प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like