सुर्खेतममा अन्तराट्रि स्तरको एअरपोर्ट बन्ने

कर्णाली प्रदेशको राजधानी सुर्खेतको रामाघाटमा अन्तराष्ट्रि मापदण्ड अनुसारको एअरपोर्ट बन्ने भएको छ । सुर्खेतमा नागरिक उडड्ययान प्राधिकरणले संसकृति पर्यटन तथा नागरिक उड्डययान मन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा अन्तराष्ट्रिय स्तरको एरर्पोटको वारेमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको थियो उक्त कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रि, सांसद र स्थानिय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्राय सबै सहभागिहरुले हाम्रो भन्दा पनि प्राविधिक टोलिले उपयुक्त ठानेको स्थानमा एअरर्पोट राख्नु पर्ने सुझाव दिएका थिए ।

मन्त्री अधिकारी सहित प्राविधिक टोलि, प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, भौतिक पूर्वाधार तथा यातायात मन्त्री खडक बहादुर खत्रि, पर्यटन मन्त्री नन्दसिंह बुढा, पूर्व पर्यटन मन्त्री एमलाल कर्णेल, प्रदेश सांसद सिता नेपाली, ठम्मर बहादुर विष्ट ले स्थलगत अध्यन गरेका थिए । स्थलगत अध्यन अनुसार रामाघाटको न्याउलि चौर देखि मदानी चौर सम्म उपयुक्त देखिएको छ । उक्त जमिन ३६०० रोपनि गोठेरी सामुदायिक वा उपभोक्ता समितिको नाममा रहेको छ । जमिनका विषयमा कुनै विवाद नरहेको र मुआव्जा पनि वितरण गर्नु पर्ने नभएको केहि संख्यामा मात्र वोटविरुवा नास हुने कामगर्न पनि सजिलो हुने र उक्त स्थान सबै हिसावले उपयक्त रहेको मन्त्री खडक बहादुर खत्रीले वताए । सामुदायीक वन संग पनि सहमति भै सकेको छ । अव कुनै विवाद विवात छैन । रत्न राजमार्ग वाट ५ कि.मि. र कर्णाली करिडोर वाट १७ कि.मि. रहेको मन्त्री खत्री ले वताए । उक्त एअरर्पोट वने पछि कर्णाली प्रदेश मित्र राष्ट्र चिन, भारत लगाएत विभिन्न देश हरुसंग सम्वन्ध जोडिने र वाह्य पर्यटक भित्रिने पर्यटन मन्त्री नन्दसिंह वुढाले वताए ।

कर्णाली प्रदेशमै अन्तराष्ट्रिय एअरपोर्ट बन्ने भए पछि कर्णाली वासि खुसि देखिएका छन् उक्त स्थललगत अध्यनको लागी मन्त्री अधिकारी ३ घण्टा पैदल यात्रा गरेका थिए । कर्णाली प्रदेशमा अन्तराष्ट्रिय एअरर्पोट निर्माण र कर्णाली प्रदेशको सम्पूर्ण पर्यटन विकासका लागी केन्द्र सरकाले पूर्ण रुपमा सहायोग गर्ने र एअरर्पोट निर्माणका लागी तत्काल काम संचालन गर्नेमा मन्त्री अधिकारीले विश्वास दिलाउनु भएको थियो ।

उक्त अन्तरक्रिया कार्याक्रममा क्रर्णाली प्रदेशको मुख्य पर्यटकिय गन्तव्य रारा तालको उचित संरक्षण र विकासको लागी स्टेकहोल्डर, सरोकारवाला, प्रदेश सरकार र केन्द्र सरकार तत्काला वसेर छलफल गर्नु पर्ने र रारा तालको किनार वाट १ कि.मि. टाढा होटल खोलिनु पर्ने, रारालाई फोहर वनाउनु हुदैन रारा संगै से फोस्कुण्डो लगाएतका पर्यटकिय क्षेत्रको पूर्वाधार विकासका लागी प्रदेश सरकारले तत्काल प्रर्देश पर्यटन विकास प्राधिकरण गठन गर्नु पर्नेमा जोड  दिएका थिए ।

You May Also Like