नेइमारको रियल मड्रिडसँग माग–पहिलो रोनाल्डोलाई हटाउ, त्यसपछि म आउँछु

फ्रेन्च लिगवान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमारले रियल मड्रिडले आफूलाई क्लब भित्र्याउन चाहेको भए पहिलो क्रिष्टियानो रोनाल्डोलाई निकाल्नु पर्ने बताएका छन् । स्पेनिस पत्रिका डन बालोनका अनुसार रियल मड्रिड आफ्नो ’boutमा गम्भीर रहेको भए पहिले रोनाल्डोलाई बिदा गर्नु पर्ने र आफू त्यसपछि मात्रै क्लब आउने नेइमारले बताएका हुन् ।

पछिल्लो केही हप्तादेखि नेइमार पिएसजीमा खुशी नरहेको र उनी रियल मड्रिड आउन चाहेका खबर सार्वजनिक भएका छन् । नेइमार यहि सिजन विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी गएका हुन् । ब्राजिलियन स्टार नेइमारका बुवा नेइमार सिनियर र रियल मिड्रडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबिच मध्यस्थकर्ता एजेन्ट मार्फत कुराकानी भएको खबरमा उल्लेख गरिएको छ । त्यसक्रममा नेइमारका बुवाले नेइमारले आफू रियल आउनु अघि रोनाल्डो बाहिरिनु पर्ने माग गरेको बताएको डन बालोनले दाबी गरेको छ ।

बार्सिलोनामा रहँदा लियोनल मेस्सीको छायामा परेको भन्दै नेइमार पिएसजी गएका थिए । तर रियल मड्रिड आएर फेरि रोनाल्डोको छायामा पर्न नेइमार नचाहेको उल्लेख गरिएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like