विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि खेलाडी छानिए (यस्तो छ प्रारम्भिक टोली)

काठमाडौं: आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो महिना युएइसँग हुने खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनौट समितिले २६ जना खेलाडी छनौट गरेको हो ।

मलेसियामा हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा १९ वर्षमुनिका दुई जना खेलाडीलाई पनि प्रारम्भिक टोलीमा थपिने छ । सबै २८ जनालाई प्रशिक्षणमा राखेर अन्तिम टोलीको घोषणा गरिने छ ।

नेपालले मंसिर २० र २२ गते युएईसँग उसैको घरेलु मैदान शेख जियाद स्टेडियम आबुधाबीमा खेल्नेछ । गएको महिना भएको छैटौं चरणको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन दुईमा झरिसकेको छ । ९ अंकसहित नेपाल छैटौं स्थानमा छ भने ६ अंक मात्र बटुलेको युएई पुछारमा छ । युएई र नेपालसँगै नामिबिया पनि डिभिजन दुईमा झरिसकेका छन् ।

छनौट हुने खेलाडीहरु :
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
वसन्त रेग्मी
सोमपाल कामी
विनोद भण्डारी
सागर पुन
दिपेन्द्रसिंह ऐरी
सन्दिप लामिछाने
आरिफ शेख
ललित भण्डारी
सुशन भारी
सुशील कँडेल
नरेश बुढाऐर
शक्ति गौचन
जितेन्द्र मुखिया
मेहबुब आलम
शौरभ खनाल
हसिम अन्सारी
सिद्धान्त लोहनी
दिलिप नाथ
विक्रम सोब
सुनिल धमला
अनिल मण्डल
कुशल भुर्तेल

by Taboola Sponsored Links You May LikeThey Run A $2 Million Online Store From SingaporeShopify Domination BlueprintHow To Grow Your Wealth With Bitcoin and Cryptocurrency In SingaporeAce Profits AcademyYoung Singapore Couple Earns Full-Time Income OnlineWealthMastery.sgCollective sale boom or blip?The Edge Property5 Reckless Riding Habits That You Should AvoidMove HappyWhy Do We Still Abuse Animals In Singapore?The Pride

You May Also Like