अदालतमा खाणको बयान- व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यले रचेको षडयन्त्र

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूविरुद्ध लगाइएका सबै अभियोग र माग दाबीहरु कपोलकल्पित र झुट्टा भएको बयान दिएका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको रुपमा गरेको बयानमा उनले आफूमाथिको अभियोगलाई षडयन्त्रको रुपमा प्रस्तुत गरेका हुन्।

‘मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन नियोजित रुपमा राज्यले रचिएको षडयन्त्र हो’  बयान विवरणमा उनले भनेका छन् ‘अभियोगमा दाबी लिइएको कुनै पनि कसुरमा मेरो कहीँकतै संलग्नता छैन। यी कसुरहरु गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन।ु

खाणले आफू ईश्वरमा विश्वास गर्ने र धार्मिक प्रवृत्तिको व्यक्ति भएको पनि बताएका छन्। ‘जनतालाई झुक्याउने अनुचित लाभ लिने कुनै कार्य गर्ने ’bout सोच्न पनि सक्दिनँ’ उनको बयानमा उल्लेख छ।

उनले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाएको भन्दै यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्त विपरीत हो भनेका छन्।

‘मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरु लगाइएका हुन्। यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु। उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाई पाऊँ। सफाइ पाऊँ’ बयानमा उल्लेख छ।

You May Also Like