लागूऔषध सहित चार जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर- १२ पदमपुरबाट लागूऔषध सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर- १२ बस्ने १८ वर्षीय राजेश सोनी, वीरेन्द्रनगर -११ बस्ने ४० वर्षीय अब्दुल बक्स, सोही ठाउँका २७ वर्षीय स्नान बक्स र वीरेन्द्रनगर- १० बस्ने २७ वर्षीय उमेश बस्नेत रहेका छन् ।

उनीहरुलाई लागूऔषध ब्युरो शाखा सुर्खेतबाट खटिएको ५ जना प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुर स्थित २६ वर्षीय नविन सोनीको घरबाट पक्राउ गरेको प्रहरी जनाएको छ ।

लागूऔषध ब्राउन सुगर खैरो धुलो पदार्थ नापतौल नभएको ५१ पुडिया सहित उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखीएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

You May Also Like