जाजरकोटमा भाइरलको प्रकोप बढेपछि छिमेकी जिल्ला जुम्लामा उच्च सतर्कता

नेत्र शाही/जुम्ला।

जाजरकोटमा भाइरलको प्रकोप बढेपछि छिमेकी जिल्ला जुम्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटसँग जोडिएको साविकको ताम्ति गाविसमा उच्च सतर्कता अपनाइएको बताएको छ ।

कार्यालय प्रमुख अंगदबहादुर शाहीका अनुसार ताम्तीलगायत जिल्ला भरीकै स्वास्थ्य संस्थाहरुमा औषधि, स्वास्थ्यकर्मी तयारी अवस्थामा आवश्यकता अनुसार व्यवस्था गरिएको  बताउनुभयो ।

यता प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैविक उद्धार समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समेत बैठक बसेर आवश्यक पूर्वतयारी थालिएको उहाँले बताउनुभयो ।

प्रकोप क्षेत्रमा कर्णाली प्रतिष्ठानको चिकित्सक टोली पुग्यो

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो र रुघाखोकीका कारण धमाधम नागरिकको ज्यान जान थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेषज्ञ टिम त्यस गाउँपालिकामा खटाइएको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाइले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रमा बालबालिकाको मृत्यु बढी भएपछि प्रतिष्ठानका बालरोग विशेषज्ञ डाक्टर नम्रता सिन्दान र मेडिकल अफिसर डाक्टर सूर्य चौधरीसहितको टिम जाजरकोट सदरमुकाम पुगेर प्रभावित क्षेत्रतिर लागेको छ ।

बालरोग विशेषज्ञ डाक्टर नम्रता सिन्दानले टेलिफोनमा भन्नुभयो, ‘प्रकोप क्षेत्रमा हामीहरु पुगेका छौं, अब उपचार थाल्नेछौं ।  आशा गरौ, उपचारपछि महामारी कम हुनेछ ।’ जाजरकोटमा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षभन्दा कम उमेरका सात बालबालिका र ७ जना ५० वर्ष माथिका रहेका छन् । उहाँका अनुसार प्रकोप क्षेत्रको मस्कोट स्वास्थ्य चौकीले उपचारको समन्वय स्थलको काम गरिरहेको छ । उहाँले थप्नुभयो, सबैभन्दा बढी प्रभावित वडा नम्बरहरु १, २, ३ र ५ नम्बरमा रहेको छ ।

अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले आवश्यकता भएको ठाउँमा पुगेर उपचार सुरु गर्ने छ । 

साभारः Image result for ujyaaloonline logo

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

 

You May Also Like