खोटाङका सडक रातमा पनि झिलीमिली हुने

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–७, खोटाङबजारका विभिन्न ३० स्थानमा सौर्य सडक बत्ती जडानको तयारी थालिएको छ ।गाउँपालिकाको केन्द्रकारुपमा रहेको खोटाङबजारलाई रातका समयमा ‘झिलीमिली’ बनाउनका लागि वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत सहभागीतामा सौर्य सडक बत्ती राख्ने काम अघि बढाइएको जिल्ला समन्वय समितिका प्रमुख बबी चामलिङले बताउनुभयो । 

वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाबाट साढे १९ लाख बजेट स्वीकृत भएको छ । रातका समयमा आवतजावत गर्ने स्थानीयको सहजता एवं सम्भावित दुर्घटनालाई न्यूनिकरणका लागि सौर्य बत्ती जडानको योजना कार्यान्वयनमा ल्याइएको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले जनाएको छ । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ


 

 

 

 

You May Also Like