स्वीडेनलाई नेटोमा आवद्ध गर्ने प्रस्तावमा टर्की सहमत

एजेन्सी । स्वीडेनलाई एटलान्टिक सहयोग संगठन नेटोको सदस्यता दिन टर्की सहमत भएको छ ।

यसअघि स्वीडेनलाई टर्कीमा सामेल गर्न टर्कीले अवरोध गरेकोमा स्वीडेनले आफू नेटोको सदस्य हुन गरेको प्रस्तावलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले समथर्न गरेपछी स्वीडेन नेटोमा आवद्ध हुने बाटो खुला भएको छ ।

स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टसनले टर्कीको राष्ट्रपतिले समर्थन गरेकोमा खुशी ब्यक्त गर्नुभयो । टर्कीका राष्ट्रपतिको समर्थन बाहेक स्वीडेनलाई नेटोमा आवद्ध गराउन टर्कीको संसदले अनुमोदन गर्न बाँकी रहेको छ ।

नेटोमा आवद्ध ३१ सदश्य राष्ट्रहरुलाई स्वीडेनलाई नेटोमा आवद्ध गराउने कि नगराउने भन्ने बिषयमा भिटो प्रयोग गर्ने अधिकार रहेको छ । यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीको समर्थनलाई स्वागत गर्दै स्वीडेनलाई नेटोमा आवद्ध गर्ने प्रस्ताव छिटै अनुमोदन हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।

ह्वाइट हाउसले जारी गरेको बिज्ञप्तीमा स्वीडेनलाई नेटोको ३२ औं सदश्यको रुपमा स्वागत गर्न बाइडेन तयार रहेको जनाएको छ । लिथुआनियाको राजधानी भिल्नियसमा जारी नेटो सम्मेलनका बीच टर्की र स्वीडेनका नेताहरुबीच भएको वार्ताका क्रममा टर्की र स्वीडेनबीच सम्झौता भएको हो ।

You May Also Like