लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

कञ्चनपुर । कालिकोट नरहरी गाउँपालिका ९ बस्ने पीडितको नगद १ लाख ४७ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका ८ बस्ने ३९ वर्षीय बसन्त दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाई पीडितको साथबाट उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका बसन्तको खोजी गर्ने क्रममा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका २ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

You May Also Like