उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनशन स्थगित गरेका छन् ।

आफूलाई मरणासन्न हुनेगरि कुटपिट गर्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संघका विद्यार्थीको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध अनशन बसेका चलाउनेले त्यसलाई स्थगित गरेका हुन् ।


त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअगाडि अनशन बसेका चलाउनेले त्यसलाई रोक्नुको कारण’bout जानकारी दिन आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

You May Also Like