सामाजिक सुरक्षामा सरकारले प्रतिबद्धता गरिसक्यो, पछि हट्न मिल्दैन – अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशसरण महतले तलब खुवाउन समस्या नभएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भाषणपछि अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा महतले यस्तो बताएका हुन् ।

‘सरकारले गरेको सबै प्रतिबद्धता पुरा भइरहेको छ । भविष्यमा पनि कुनै समस्या आउने स्थिति छैन,’ अर्थमन्त्रीले भने ।

यस्तै, सामाजिक सुरक्षाको विषयमा समेत सरकारले प्रतिबद्धता गरिसकेकाले यसबाट समेत पछि हट्न नसकिने अर्थमन्त्रीको भनाई छ ।

You May Also Like