बजेट भाषण हुँदा पनि छुटेनन् नयाँ सवारी

वीरगन्ज । बजेट भाषणको पूर्व सन्ध्यामा भन्सार यार्डसम्म आइपुगेका धेरै नयाँ सवारी छुट्ने र भन्सारको राजस्वसमेत बढ्ने अपेक्षा यसपटक पूरा हुन सकेन ।

मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज आईसीपी यार्डमा थुप्रिएका धेरै नयाँ सवारी भन्सार जाँच पास भई छुट्न नसक्दा भन्सारको त्यो अपेक्षा पूरा हुन नसकेको हो ।

सोमबार बजेट भाषण भए पनि आइतबारसम्म पनि अपेक्षाकृत रूपमा नयाँ सवारी नछुटेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख प्रशासक डिलाराम पन्थीले जनाएका हुन् ।

देशको आर्थिक अवस्था ओरालोतर्फ लागिरहेको समयमा नयाँ सवारीसाधन भन्सार जाँचपास हुन नसक्दा त्यसको चाप थेग्न वीरगन्ज भन्सार कार्यालय मातहत आईसीपी यार्डलाई हम्मेहम्मे परेको खुलेको छ ।

छिमेकी तथा तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु लिएर आउने मालवाहक सवारीसहित आइतबार मात्र वीरगन्ज भन्सार यार्डमा नयाँ सवारीसाधनको संख्या २ हजार ३ सय पुगिसकेको पाइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

You May Also Like