बागमती प्रदेशमा घट्यो भाडा (सूची)

काठमाडौं । बागमती प्रदेश सरकारले सवारी भाडा घटाएको छ। डिजेलको मूल्य घटेसँगै बागमती प्रदेश सरकारले सवारी भाडा समायोजन गरेको हो। यसअघि ५ किलोमिटरसम्मको सवारी भाडा २० रूपैयाँ काय गरिएकामा १ रूपैयाँ घटाएर १९ रूपैयाँ कायम गरिएको छ।

त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ रूपैयाँ कायम गरिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। २० किलोमिटरभन्दा माथिको भाडा दुई रूपैयाँ घटाइएको छ। यसअघि ४० रुपैयाँ कायम भएकोमा अब ३८ रूपैयाँ तोकिएको छ।

अन्तर प्रदेश पनि सवारी भाडा समायोजन गरिएको छ। काठमाडौं नारायणगढको भाडा ६३७ कायम गरिएको छ। यसअघि ६६४ कायम थियो।

बल्खु, दक्षिणकाली हेटौडाको भाडा पनि २७ रूपैयाँले घटाइएको छ। यसअघि ६५१ कायम भएकामा अहिले ६२४ तोकिएको छ। काठमाडौं, गल्छी, त्रिशूली, धुन्चेको भाडा पनि १९ रूपैयाँले घटेको छ। यसअघि ४३६ रुपैयाँ लिँदै आएकामा ४१७ रूपैयाँ कायम गरिएको छ।

हेर्नुहोस् समायोजित भाडा

You May Also Like