पुरुषोत्तम लामिछाने
सर सन्चै हुनुहुन्छ ? सर आज पनि पढाउनुहोस् है । सर म डोर्याउछुनी तपाईलाई । यी शब्दहरु कुनै रङ्ग मञ्चमा मन्चित आवाज भने होईनन् । यी हुन् विद्यालयीय शिक्षाका निमित्त काठमाण्डौंको पानीपोखरी स्थीत भानुभक्त उच्च माविका विद्यार्थीहरुको आवाज । यी आवाजहरु निकाल्ने विद्यार्थीहरु दृष्टीयुक्त छन् भने संवोधित व्याक्ति भने दृष्टीबिहिन छन् । ब्रेनलिपीका आधारमा शिक्षण पेशालाई अगाडि बढाएका यीनले विद्यार्थीहरुलाई संन्तुष्ट बनाएको विद्यार्थीका प्रतिनिधी छात्रा श्रेय भन्छिन् । ‘सरले पढाउदा रमाईलो लाग्दछ । किनकी वहाँले पढाउदा अल्छीपनको अनुभव नै हुँदैन । हसाएर पढाउनुहुन्छ, बुझाउनुहुन्छ ।’ यसैगरी कक्षा सातका छात्र समिर भन्छन् ‘बिभिद क्षेत्रमा जानेका कुरा सरलताका साथ सरले सिकाउनुहुन्छ । त्यसैले मन पर्छ । वहाँले सोध्दापनि खुसी भएर प्रश्नको उत्तर दिनुहुन्छ ‘।
दृष्टि नभएर दृष्टियुक्त छात्रलाई पढाउदा बिभिन्न समस्या नआएका पनि होईनन् । तर समस्गा निराकरण गर्न विद्यार्थीको सहयोगि भावनाले नै निकै सहज भएको छ । पढ्ने विद्यार्थी एकनासे हुँदैनन् । कोहि बदमास, भनेको नमान्ने, गृहकार्य नगर्ने पनि हुन्छन् । यस्ता विद्यार्थीलाई उनी विद्यार्थीकै सहयोगमा समस्याको समाधान गर्न खोज्दछन् । थोरै मात्रामा यस्ता विद्यार्थी भए पनि खासै गाहे महसुश नभएको उनी सुनाउदछन् । स्पर्श र ध्वनीका माध्यमबाट पठन पाठन गर्ने उनी कक्षामा हुँदा विद्यार्थीहरु अनुसनशित नै देखिन्छन् ।
स्पर्श र ध्वनी अत्यन्तै सामान्य वर्गले भन्दा बढीनै श्रवण गर्ने क्षमता र स्पर्शको अनुभव उनका लागि काफी छ । त्यसैले उनलाई पढाउन कुनै अफ्यारो छैन । यी माथि उल्लेखित ब्याक्ति डेड दशकको आराहारीमा शिक्षण पेशा अपनायका दृष्टीविहीन बलराम ज्ञवाली हुन् । दरवार देबिस्थान गाविस १ चारपाल गुल्मीमा बिक्रम सम्वत २०३३ मंसिर ७ गते जन्यिका यीनको शंघर्षमय जिवन बुझ्न लायक देखिन्छ । बाबु टीकाराम र आमा चुनकुमारी ज्ञवालीका कोखबाट जन्मिएका यीनी ३८ बसन्त पार गरिसकेका छन् ।
परिवारमा चौथो सन्तानका रुपमा जन्मिएका यीनी परिवारमा दृष्टीविहीन एक्दै भने होईनन् । दीदी सिता र बहिनी निर्मला पनि दृष्टिवीहिन नै छन् । दुई दाजु दृष्टीयुक्त भएकाले पारिवारीक सहयोगमा भने केहि सहजता ल्यायको छ । यीनका बुवा हामा जन्मजात दृष्टिविहीन नभए पनि बुवाको भने पछिल्लो समयमा टाईफाइडको कारणले ५४ वर्षको उमेरमा दृष्टी गुमेको थियो ।
दृष्टी गुमेको १० बर्षमा उनको निधन भयो । ५ सन्तान जन्मियपछि मात्र बावु टीकारामको दृष्टी गुमेको थियो । तर पछिल्लो समयमा बाबुको कारणले दृष्ट नभएको हो भनेर प्रश्न गर्ने ब्यक्तिहरु अनगिन्त रहेका ज्ञवाली परिवार बताउछन् । ७ बर्षको उमेर सम्म चारपाला गुल्मीमा बितायका यीनले यसै बर्षबाट शिक्षाको अवशर पाएका थिए । गाउमा दृष्टी विहिनका निमित्त शिक्षाको अवशर नभएकाले बाबुआमाको शिक्षा दिने इच्छा पनि अधुरो नै रहेको थियो । मामा उमनाथ र सानोवुवा झबिन्द्रको सहयोगले उनी काठमाडौं अक्षराराम्व गर्ने अवशर पाए । मामा नेपाल राष्ट्र बैंकमा जागिरे भएकोलेनै काठमाडौं आएर पढ्न पाएको कुरा उनी बताउँदछन् ।
लेब्रोटरी उच्च माबिको शिशु कक्षामा भर्ना भएका उनी तत्कालीन श्री ५ को सरकारबाट पूर्ण पात्रबृद्धिमा कक्षा १० सम्म पढ्न पाएका थिए भने २०४९ को प्रवेशिका परिक्षामा प्रथा श्रेणी ल्याई उत्रिण गरेका थिए । ज्ञवालीले एन वाई ओ एफमार्फत छात्रबृद्धि प्राप्त गरी प्रबिणता प्रमाणपत्र देखि स्नातकोत्तर तह सम्म महेन्द्र रत्न क्याम्पस ताहचल, काठमाडौंमा नेपाली शिक्षा बिषय लिई अध्ययन गरे र एमएड योग्यता हासिल गरे । योग्यता र क्षमता हासिल गरेका ज्ञवालीले सो बिषयमा बिगत २०६० देखि हालसम्म यस विद्यालयमा अध्यापन गरिरहेका छन् ।
मुल बिषय नेपाली शिक्षा भएतापनि उनले नैतिक शिक्षा पनि बेला बेलामा दिई विद्यार्थीको मनोवल बढाउनुकको साथै अनुशासित, चरित्रवान, र देशभक्ति भावना उजागर गर्ने प्रेरण समेत दिईरहेका छन् । जागिर खादाको अनुभव पनि उनको अनौठो नै छ । संघर्षले स्नातकोत्तर गरेका उनले जागिर नपाएर भौतारिएको कुरा नेपाल समाचार पत्रमा छापिएपछि उनलाई चारैतिरबाट अवशरहरु आए ।
अवशरको छनौटमा त्यतिबेला उनले भानुभक्तलाई नै रोजे, त्यसपछि उनको जागिरे जिवन शुरु भयो । यता ज्ञवालीकी दिदी सीता ज्ञवाली पनि शिक्षा शास्त्र संकायतर्फ स्नातकोत्तर उत्रिण गर्ने नेपाकै प्रथम दृष्टीविहीन महिला हुन् । उनी हाल ल्याब्रोटरी उच्च माविमा बिगत ९ बर्षदेखि दृष्टीविहिनहरुलाई ब्रेन लिपी सँगसँगै कम्युटर शिक्षा पनि अध्यापन गराउँदछिन् । उता बहिनी निर्मला ज्ञवालीले पनि एन वाई ओ एफको अनुदानमा स्नातक तह उत्रिण गरिन् ।
यसै तहमा फुलब्राईट स्कलरशिप संस्थाबाट पूर्ण छात्रबृत्ति पाई अमेरिका गई थप अभ्ययन गर्ने अवशर पाएकी थिईन् । हाल उनी सक्षमता विकाश नेपाल(ए डि एस ओ एन)मा निर्देशक पदमा रहि काम गर्दछिन् । ज्ञवालीका बुबा कृषी पेशामा रहेकाले उनकी आमा पनि हाल गाउमानै सो पेशामा आवद्ध छिन् २ दाजु भने सरकारी र संस्थानमा जागिरे रहि आफ्नो जिविकोपार्जन गरेका छन् । पारिवारीक समस्यामा जेलियका बलराम जिवनलाई संघर्ष नै हो भन्ने ठान्दछन् ।
ब्यक्ति शारिरिक रुपले कुनै अंगमा कमजोर देखिए पनि मानसिक रुपले मनोवल बढाई अगाडि बढेमा सफल हुन्छने भन्ने उनको धारण छ । परिश्रम गर्दै गयौं भने जिवनमा उज्याला पक्ष पनि धेरै भएको उनी ठान्दछन् । यहि उज्यालो पक्षको आसा गरि जिवनमा बाच्नु नै उनी सार्थकता ठान्दछन् ।
उनी आफ्ना थप कुरा थप्दछन्, अपाङ्गहरुलाई दया माया होईन मौका चाहिन्छ । उनीहरुको व्याक्तित्व बिकाश गर्न घर परिवार, छरछिमेक समाजमा रहेका संपूर्ण व्याक्तिको सोचमा नै सहयोगि भावना चाहिन्छ, उनी भन्दछन् । यसरी जिवनलाई सरल रुपमा परिभाषित गर्ने दृिष्टविहीन बलराम ज्ञवालीको जीवनी सबैका लागि प्रेरणदायी हुन सक्दछ ।
हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ