‘मिस नेपाल पिस’ को आवेदन खुल्ला

काठमाडौं –युनिक्याम्पस ‘मिस नेपाल पिस’को छैटौ संकरण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती मार्फत प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको छ ।अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउदै नर्सिङ पेसा रोजेका र अध्यायन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तर दाइत्व बोध गराउने उदेश्यले यो प्रतियोगिता बिगत ६ बर्षदेखि नियमित आयोजना हुँदै आएको हो ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एकमात्र सामाजिक सौदर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका कम्तिमा ५ फिट हाइट भएका अविवाहित युवतीले आवेदन भर्न सक्नेछन् । आवेदन फारम नेक्स्ट मोडल्स् नेपालको अनामनगरस्थित कार्यलय तथा नेक्सट् मोडल डटकममा उपलब्ध छ ।

मंसिरको अन्तिम साता काठमाडौमा आयोजना गरिने प्रतियोगिताको प्रारम्भिक चरणकमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रबि धमलाको दाबी रहेको छ ।

प्रारम्भिक छनौट देशका बिभिन्न स्थान बेष्ट क्यान्सर सम्बन्धि जन चेतना र हेल्थ क्याम्प सहित आयोजना हुनेछ । प्ररम्भिक चरणमा छानिएका प्रतियोगिलाई संन्चार कला, बिकाश मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

प्रतियोगिताका शिर्ष बिजेताले एक लाख नगद, नेपाल बेस्टक्यान्सर फाउण्डेसनको गुडबिल एम्बेसडरका साथै बिभिन्न उपहार समेत जित्न सक्नेछन् । प्रतियोगितामा बिभिन्न आधादर्जन बिधामा समेत बिजेता छानिने आयोजकले जनाएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like