यस्तो छ ओली र प्रचण्डको सुर्खेत कार्यक्रमको तयारी

सुर्खेतः एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले बिहीबार वीरेन्द्रनगरमा संयुक्त जनसभा गर्ने भएको छ । सभालाई दुबै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) सहित शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी देशव्यापी चुनावी अभियान अन्तरगत संयुक्त आमसभा गर्न लागिएको हो । बिहिबार बिहान ११ बजे मंगलगढी चोकबाट ¥याली शुरु हुनेछ ।

घण्टाघरको पश्चिम उत्तर दिशामा रहेको खुला चौरमा सभाको आयोजना गरिएको छ । सोही दिन दुबै दलका शीर्ष नेताले दैलेख बजार र दुल्लुमा हुने जनसभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ । ओली र प्रचण्ड आउने भएपछि एमाले र माओवादी केन्द्रका नेताहरु उत्साहित बनेका छन् ।

जनसभामा कम्तिमा १५ हजारको सहभागीता रहने आंकलन गरिएको सुर्खेत निर्वाचन क्षेत्र नं. २ ‘क’ प्रदेशसभा उम्मेदवार एवं एमाले पोलिट्व्युरो सदस्य यामलाल कंडेलले बताए । जनसभा’bout जानकारी दिन मंगलबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेता कंडेलले सुर्खेतका ६ वटै सीट प्रदेश र प्रतिनिधिसभामा वामपन्थी उम्मेदवारले जित्ने निश्चित रहेको दावी गरे ।

हामी जनतामाझ स्पष्ट राजनीतिक एजेण्डा लिएर गएका छौं,’ नेपाली कांग्रेसलाई लक्षित गर्दै कंडेलले भने, ‘वाम गठबन्धनको जित सुनिश्चित देखेपछि विपक्षीहरुले अराजनीतिक गतिविधि शुरु गरेका छन् ।’ ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ का लागि मत माग्न दुवै दलका साझा उम्मेदवारहरुले घरदैलो भेटघाटलाई तीव्रता दिएको वाम गठबन्धनले जनाएको छ ।

सक्षम प्रदेशः अधिकार सम्पन्न स्थानीय सरकार बनाउने ठोस कार्ययोजनासहित आफूहरु घरदैलो अभियानमा लागिरहेको वामपन्थीका साझा उम्मेदवारहरुले जनाएका छन् । स्थिरता, सुशासन र विकासका लागि वामपन्थी उम्मेदवारलाई विजयी गराउन मतदाता समक्ष उनीहरुको आग्रह छ ।

मतदाताहरुले वाम उम्मेदवारहरुलाई भव्य स्वागत गरिरहेका छन् । वाम उम्मेदवारले घरदैलो कार्यक्रम गरिरहदा अन्य दलको चुनावी कार्यक्रम फितलो सावित भएको स्थानीयहरुको बुझाई छ ।

You May Also Like