सकरात्मक भिन्न व्यवहार पोषण बिषयक तालिम शुरु


रारा सञ्चार अनलाईन ।
जिल्ला सदरमुकाम गमगढीमा आजबाट व्यवहार परिवर्तनमा सञ्चार तथा सकरात्मक भिन्न व्यवहार पोषण सम्बन्धि एक तालिमको शुरुवात भएको छ । केयर नेपालको आयोजनामा आजबाट शुरु भएको तालिममा बाजुरा र मुगुका बिभिन्न क्षेत्रहरुमा कार्यरत अवसर परियोजनाका सामाजिक परिचालकहरुको सहभागिता रहेको छ । सामाजिक परिचालकहरु पोषणको स्थिती सुधार ल्याउनका लागी अझ प्रेरीत गर्ने उदेश्यका साथमा तालिमको आयोजना गरिएको हो । आजबाट शुरु भएको भिन्न व्यवहार पोषण तालिम आगामी आईतबार सम्ममा सञ्चालनमा रहनेछ ।

केयर नेपालको आर्थिक सहयोगमा अवसर परियोजनालाई मुगुमा पुनं निर्माण तथा अनुसन्धान बिकास केन्द्र (आरआरडिसी) र बाजुरमा गिफ्ट नेपाल बाजुुराद्धारा सञ्चालनमा रहेका छन् । बाजुरा र मुगुका साविकका १०–१० वटा गाविसहरुमा परियोजना सञ्चालनमा रहेको छ । परियोजनाले शिक्षाका क्षेत्रमा मुख्य गरि तथा स्वास्थय, कृषि एवम पोषणका क्षेत्रमा पनी काम गर्ने भएकाले दुवै जिल्लामा अवसर परियोजना सञ्चालित गाविसहरुमा पोषणका क्षेत्रमा बिभिन्न जानकारी सहज रुपमा पुगोस भन्नका लागी सामाजिक परिचालकहरुका लागी तालिमको आयोजना गरिएको केयर नेपालका सञ्चार प्रमुख सुमन गिरीले बताउनुभएको छ ।


तालिममा बाजुराका १३ र मुगुका १३ गरि २६ जना सामाजिक परिचालकहरुको सहभागिता रहेको छ । डां दिपिका ज्ञवाली र श्री कृष्ण बस्नेत प्रशिक्षण दिने कार्यक्रको उद्धघाटनमा आज जिल्ला स्तरका सरोकारवालाहरुले तालिमले दुवै जिल्लामा पोषणको स्थिती सुधारमा सहयोग पु¥याउनेमा बिश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला स्वास्थय कार्यालय मुगुका डां जितेन्द्र कडेलले बाजुरा र मुगुमा पनी पोषणको स्थिती राम्रो नपाईएकाले यसलाई सबै सरोकारवाला तथा सम्बन्धित निकायको सहयोगमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । पोषणका ’boutमा जानकारी तथा त्यसको अवस्था आवश्यक भएमा जिल्ला स्वास्थय कार्यालयले त्यसमा सहयोग गर्नेमा समेत उहाँले स्पष्ट पार्नुभएको थियो । यता, तालिमबाट सिकेका कुराहरुलाई सके सम्म व्यवहारमा लागु गर्दै समुदायलाई सिकाउन सामाजिक परिचालकहरुलाई सरोकारवालाहरुले आग्रह समेत गरेका थिए ।

You May Also Like