मुगु, २ असार ।
मुगु जिल्लाको रारा तालमा १० हजार पर्यटकले अवलोकन गरेका छन् । जेठ मसान्तसम्म १० हजार जना भन्दा बढिले रारा भ्रमण गरेका हुन् ।
रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा घुमेका छन् ।
आन्तरिक पर्यटकको उल्लेख्य संख्यामा भ्रमण गर्न रारा आएको निकुञ्ज कार्यलयले जानकारी दिएको छ । रारा ताल जिल्लाकै प्रमुख पर्यटकीय स्थल भएकोले यहाँ निजी क्षेत्रदेखि सरकारले पनि विश्यस रुपमा हेरेको छ ।
रारा अवलोकन गर्न आउँने अधिकाँस पर्यटक स्थलमार्ग र केही हवाईमार्गबाट रारा घुम्न आउँने गरेको पर्यटन व्यवसायी देवि कृष्ण रोकायाले बताए । उनका अनुसार रारा घुम्न आउँने पर्यटकलाई रारामा राम्रो बस्ने व्यवस्था र राम्रो गाइडको पर्वन्ध मिलाए रारा तालमा घुम्न आउँनेको संख्यामा अझैैं बृद्धि हुने देखिन्छ ।
निकुञ्जको कार्यालयका अनुसार रारा भ्रमण गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट यो वर्ष २६ लाख राजश्व संकलन भएको छ । निकुञ्जले आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १ सय प्रवेश शुल्क र बाह्य पर्यटकबाट प्रति व्यक्ति ३ हजार प्रवेश शुल्क उठाउँने गरेको छ ।