श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण


काठमाडौं, २८ बैशाख ।

धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो ।

त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका अनुसार २५ माइलमा पुगेपछि उडान नम्ब र–२२३ विमानको इन्जिनमा समस्या देखिएको थियो ।

८७ जना यात्रु बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गरिएको छ । अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको कार्यलयले जनाएको छ ।

You May Also Like