कविता शारदा चौलागाई चन्द्रा

“सम्झना र प्यार”
जीवनको यात्रा अविराम
हिँड्दै छु जहाँ काडेतार छ।
न कसैलाई जित्नु छ न हार छ।
न तौलनु छ माया न नापेर दिनु छ
बस यो जीवन जिउनलाई केबल
प्रिय! तिम्रो थोरै सम्झना र प्यार छ।।

तिम्रो आगमनमा उत्साहित मन्
न थाकेर गल्छ कहिले हेर।।
बहकिन सक्छ कुनैबेला तर
गुमाउँछु कि भन्ने लाग्छ डर।।
जसरी धर्ती आकाशसँगै छैनन्
तर एकबिना अर्को अपुरो छन्।
यो जीवनमा पनि तिम्रै छ भर।।
मायाले सिञ्चित गर संसार छ।
प्रिय!तिम्रो थोरै सम्झना र प्यार छ।।

हाँसेरै कति तिम्रा गल्ती छोपेको छु।
मैले पनि रहर आफैमा रोकेको छु।
बाध्यता र विवशता पनि सधैं हुन्न।
बाँकी छन् हाम्रा धेरै खुसियाली बुन्न।।
भरोसामा टिकेको सम्बन्धको सार छ
प्रिय!तिम्रो थोरै सम्झना र प्यार छ।।

You May Also Like