दुई मुक्तक शारदा चौलागाई चन्द्रा

शारदा चौलागाई चन्द्रा

यहाँ मान्छेको विश्वास र भर हुँदैन।
जंगली जनावरको बरु डर हुँदैन।
आपसी सम्बन्ध जब चिसिदै जान्छ
पानीजस्तै हो तताए नि तर हुँदैन।

बिस्तारै हटाउनुछ गुन तिम्रो।
धमिलो भएछ हेर जून तिम्रो।
पर्खेर पनि तिम्रो साथमा छैन
नबजाउ मायाको धुन तिम्रो।

You May Also Like