उद्योगपति चौधरीलाई कोरोना संक्रमण


नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीमा कोरोना भाइरसको स.क्रमण पुष्टि भएको छ । चौधरीले ट्विटर मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको उनले ट्वीटरमा लेखेका छन । उद्योगपति चौधरीले आफूमा कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् । चिकीत्सकहरुको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् ।

You May Also Like