यस्ता चेतनाहरूसङ्ग नि के आश गर्नु, व्रत बसेर दीर्घायू, कसरी विश्वास गर्नु


धर्मानन्द भट्ट (कंचनपुर)

यस्ता चेतनाहरूसङ्ग नि के आश गर्नु।
व्रत बसेर दीर्घायू, कसरी विश्वास गर्नु।

कसले सम्झाइ सक्नु यी सुरा-सुन्दरी,
खुसी चाहने घरमै भोजन र बास गर्नु।

समय निरन्तर लम्की रहन्छ गन्तव्यमा
ब्यर्थ हो चुकेपछी समय एहसास गर्नु।

आफ्नै कारणले हारे कहाँ उजुरी चल्छ
अनि कहाँ उजुरी गर्नु कहाँ दर्खास् गर्नु।

नजिकैका नदेखिन सक्छन चन्द्रमा हेर्दा
के गर्छौ छुन पाइदैन नजर आसपास गर्नु।

You May Also Like