अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोगको माग सहित युवाहरुको प्रदर्शन

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय छुट दिँदै जेलमुक्त गराएको बिरोधमा स्वतन्त्र राष्ट्रिय अभियानको पहलमा शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

आफ्नै श्रीमतीलाई २०६८ सालमा हत्या गरेर लास वेपत्ता पार्न मकवानपुरमा लगी जलाएका कोइराला पछि पक्राउ परेका थिए । श्रीमती गीता ढकालको हत्या कसुरमा जिल्ला र उच्च (तत्कालीन पुनरावेदन) अदालतले कोइरालाविरुद्ध सर्वस्वसहित जन्मकैद (२० वर्ष) जेल सजाय तोकेका थिए । तर गत असार १५ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ११ वर्ष जेल सजाय छुट दिएपछि कोइराला बिहीबार जेलमुक्त भएका हुन् । त्यसपछि बिभिन्न समुह अदालतको सो फैसलाबिरुद्ध आन्दोलित भएको छ ।

फोटो फिचर

You May Also Like